मुखर्जीको भ्रमणका कारण आज अधिकांश उडान प्रभावित हुने

airpt-nepal
काठमाडौं, १९ कात्तिक नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणले शुक्रबार आन्तरिकतर्फका अधिकांश उडान प्रभावित हुने भएका छन् । अति विशिष्ठ (भीभीआईपी) उडानका कारण आन्तरिकतर्फका प्रायजसो उडानहरू प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । पोखरातर्फ भने बिहानका केही उडानबाहेक सबैजसो उडानहरू रद्द हुने भएका छन्, आजको कारोबारले खबर छापेको छ । काठमाडौं–पोखरा तथा पोखरा–काठमाडौं दैनिक झन्डै ३८ वटा उडान हुँदै आएको छ । मुखर्जी भ्रमणले पोखरा–जोमसोमका केही उडानसमेत प्रभावित हुने छन् । काठमाडौंबाट जनकपुर र पोखराबाट काठमाडौं आउने समयमा भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने आन्तरिक र अन्तरराष्ट्रिय दुवै तर्फका उडानहरू बन्द हुने छन् ।

यसमा तपाईको प्रतिक्रिया