अन्डरवर्ल्ड दाउद ईब्राहीमका सदस्य काठमाडौंबाट पक्राउ, यस्तो छ उनको नालीबेली

काठमाडौं   लामो समयको निरन्तर प्रयास तथा गोप्य सूचनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पहिलो पटक ल्यान्डलाइन फोनको प्रयोग गर्दै अवैध कलबाइपास गरेको आरोपमा ‘अन्डरवर्ल्ड डन’ दाउद ईब्राहीमका एक सदस्यलाई पक्राउ गरेको छ ।

पटक–पटक नक्कली भारुको कारोबारमा मुछिएका रविराज सिंहलाई सिआईबीले कलबाईपास गरेको आरोपमा पक्राउ गरेको हो । सिंहलाई तिहारअघि नै सिआइबीले पक्राउ गरेको जनाएको छ ।
daut-ko-sathi

प्रक्राउ परेका सिंहले श्रीलंकाली गिरोहको सहयोगमा कलबाईपास गर्दै आएको सिआईबीको अनुसन्धानबाट खुलासा भएकोे छ । नक्कली भारुको अभियोगमा जेल पुगेका सिंह जेलबाट रिहा भए लगत्तै कलवाइपासको धन्दामा सक्रिय भएका थिए ।

सिंहले नुवाकोटका कान्छा गुरुङको नाममा अबैध कारोबार सुरु गरेको प्रहरीको दाबी छ । सिंहले गुरुङको नामबाट अनलाइन बिजनेस गर्ने भन्दै गत साउनमा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेको खुलासा भएको छ ।

सिंहले गुरुङकै नाममा घरबहाल सम्झौता गर्दै पानीपोखरीमा कोठा भाडामा लिएर राखेका थिए । सिंहले आफूले प्रयोग गर्ने मोबाइलको सिमकार्ड समेत गुरुङको नाममा लिएका छन् । सिंह उनै व्यक्ति हुन् जसलाई बिषेश व्यूरोको सहयोगमा काठमाडौं प्रहरीले २०७० मा नक्कली भारुको कारोबारमा पक्राउ गरेको थियो ।

एक करोड नक्कली भारुसहित पाकिस्तानी नागरिक शेष मोहम्मद र उनका नेपाली सहयोगी नरुल्लाह पक्राउ परेपछि उनीहरूकै बयानको आधारमा सिंह प्रहरीको फन्दामा परेका थिए । नक्कली भारुका भरिया नरुल्लाहकै बयानको आधारमा सिंह पक्राउ परेका थिए

यसमा तपाईको प्रतिक्रिया