माओवादी केन्द्रका नेता पाण्डेलाई क्यान्सर अस्पताल पुगेर भेटे : प्रधानमन्त्री प्रचण्ड

neta-kyansar

काठमाडौं, कात्तिक १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले पार्टी नेता तथा सांसद भक्तिप्रसाद पाण्डेलाई भेटेका छन् ।

क्यान्सरका बिरामी पाण्डेको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि प्रचण्डले हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पताल पुगेर पाण्डेलाई भेटेका हुन ।

गतवर्ष भारतमा उपचारका क्रममा पाण्डेलाई क्यान्सर भएको पत्ता लागेको थियो । हाल उनको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

फोक्सोबाट फैलिएको क्यान्सर दिमागसम्म पुगेका सांसद पाण्डे यसअघि पनि अस्पताल बस्ने र डिस्चार्ज हुने क्रम चलिरहेको थियो ।

बुधबार विहान अस्पताल भर्ना भएका उनलाई बिहीबार नै प्रधानमन्त्री प्रचण्ड, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई लगायतले अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्

यसमा तपाईको प्रतिक्रिया