भारत विरोध प्रर्दशनमा उत्रेका विप्लव माओवादीका १२ नेता कार्यकर्ता गिरप्तार…

police-samate-biplap

काठमाडौँ  कात्तीक   १९  नेपालमाथि भारतीय हस्तक्षेप र भारतबाट गोर्खा सैनिक फिर्ता गर्न मागसहित विरोध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका करिब १२ जना नेता कार्यकर्तालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।

रत्नपार्कको शान्ति वाटिकाबाट विरोध प्रदर्शनसहित लैनचौरस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउन जानलाग्दा प्रहरीले उनीहरूलार्इ नियन्त्रणमा लिएको हो ।

गिरप्तार पर्नेहरुमा माओवादी पोलिट्ब्युरो सदस्य अनिल शर्मा ‘विरही’,केशव शर्मा, आकास भेटवाल, प्रकाश अधिकारी, धुर्व अधिकारी, टंक जोशी, दुर्गा अधिकारी, सुर्य भुजेलसहित पैतल यात्रा गरिरहेका सर्वसाधारण गरी १२ जना रहेका छन् ।

विप्लव माओवादीले गोर्खा रेजिमेन्टका नाममा नेपाली युवालार्इ भारतीय सेनामा भर्ना गर्न बन्द गर्नुपर्ने र कार्यरत गोर्खा सेना फिर्ता गर्नु पर्ने माग राख्दै भारतीय दूतावासमा ज्ञापन बुझाउने कार्यक्रम राखेको थियो।

गोर्खा रेजिमेन्टका भारतीय सेनालार्इ दोस्रो दर्जाको सेनाको जस्तो व्यवहार गरेर भारतले पाकिस्तानसँगको लडाँइको अग्र मोर्चामा खटाएको छ।

गिरप्तार परेका किरण पोखरेल ुकेशबु ले भने भारतले लडाईंमा मारिएका नेपाली विमल तामाङ जस्ता सेनाको शवसमेत परिवारलार्इ बुझाउन आनाकानि गरिरहेको छ। र, नेपालमाथि हुँदै आएको निरन्तरको हस्तक्षेपको हामीले बिरोधमा हामीले प्रदर्शन गरेका हौं।

कात्तिक १५ गते जम्मु कश्मिरमा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत धरानका विमल तामाङको मृत्यु भएको थियो । विप्लव माओवादीले पछिल्लो चरणमा राष्ट्रियता, जनतन्त्र, जनजीविका र भारतीय हस्तक्षेपका बिरुद्ध निरन्तर आन्दोलन गर्दै आइरहेको छ । गिरप्तार माओवादी नेता कार्यकर्तालाई अहिले भृकुटीमण्डवस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया