प्रणव मुखर्जी दिल्ली नफर्कदै काठमाडौंमा सरकारले लियो एक्सन,

१९ कात्तिक– प्रहरीले नेकपा माओवादी (विप्लव समुह) का ९ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । शुक्रबार सो पार्टीद्धारा आयोजित सरकार विरोधी र्यालीका क्रममा सो पार्टीका नेता अनिल शर्मा विरही लगायत नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सरकार भारतसँग लम्पसार परेको भन्दै सो पार्टीले शुक्रबार काठमाण्डुको रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको थियो । पक्राउ पर्नेमा नेता शर्मा लगायत काठमाण्डु उपत्यकाका कार्यकताहरु रहेको बताइएको छ । शर्मा सो पार्टीका प्रभावशाली नेताहरु मध्येमा पर्दछन् ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका बेला सरकार आवश्यक भन्दा बढी भारतसँग झुकेको र जनहित विपरित काम गरेको सो पार्टीले आरोप लगाएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया