मधेसी मोर्चासंग को सामुहिक भेटमा मुखर्जीले राजेन्द्र महतोलाई के भने त्यस्तो जसले पुरै मधेसी मोर्चालाई बनिदियो रातोपिरो?

काठमाडौं, १९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार सबै राजनीतिक दलका नेताहरूलाई भेट्न आफू बसेको होटेलमा बोलाए । भेट औपचारिकतामा मात्रै सीमित थियो । समान्य राजनीतिक कुरा र दुई मुलुकवीचको सम्बन्ध र संविधान कार्यान्वयनका विषयमा कुराकानी केन्द्रित थियो ।morcha-mukharji

मुखर्जीले सबैलाई भेट्ने क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरूलाई पनि बोलाएका थिए । मुखर्जीलाई भेट्न सबै शीर्ष नेता पुगेका पनि थिए ।

संघीय समाजवादी फोरम नेपालका अधयक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेसी समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पुगेका थिए ।

सामूहिक रुपमा कुराकानी गरेर मधेसी मोर्चाका नेताहरू विदा हुनै लाग्दा भारतीय राष्ट्रपति मुखर्जीले भने, ‘ठहरिए ! राजेन्द्र महतो जी । मै फाइनान्स मिनिष्टर रहते बखत महतोजी वाणिज्य मन्त्री रहते थेँ । उनको मै जानता हुँ । आप दिल्ली आजाइएन । वात करेँगे ।’ मुखर्जीले राजेन्द्र महतोलाई आफू नजिक बोलाएर यसरी सम्बोधन गरेपछि मधेसी मोर्चाका शीर्ष नेताहरूले मुखामुख गरेका थिए ।

महतोलाई सँगै राखेर मुखर्जीले आफूसँग रहेका भारतीय मन्त्री, नेता र उच्च अधिकारीहरूसँग झण्डै पाँच मिनट कुराकानी गरेका थिए । मुखर्जी र राजेन्द्र महतोवीच पाँच मिनटसम्म उभिएर आफ्नै अगाडि कुरा गरेको देखेपछि मधेसी मोर्चाका अरु नेताहरू रातोपिरो भएको प्रत्यक्षदर्शी एक शीर्ष नेताले बताए । त्यस बेला अरु नेताहरू खासखास–खुसखुस गरेका थिए ।

भेट्न जाने मधेसी मोर्चाका नेताहरूमध्ये राजेन्द्र महतोलाई मात्रै मुखर्जीले प्रत्यक्ष रुपमा नामले चिन्दा रहेछन् । उपेन्द्र यादव, महन्त ठाकुर लगायतका नेताहरूलाई अरुले नै परिचय गराइदिएको स्रोतको भनाइ छ ।

यसमा तपाईको प्रतिक्रिया