पार्टीका मन्त्रीबाटै प्रचण्ड सशंकित ,पार्टीभित्रको एउटा खेमा एमालेसगँ मिलेको आरोप

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आजको अन्नपुर्ण पोष्टमा खबर छ –प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार माओवादी केन्द्रका केही मन्त्री र सचिवालय पदाधिकारीसँगको अनौपचारिक छलफलमा प्रधानमन्त्री दाहालले पार्टी्भित्रैबाट आफू, पार्टी र सरकारलाई असफल पार्न चलखेल र सक्रियता बढेको दाबी गरे ।

बैठकमा उपस्थित एक पदाधिकारीका अनुसार ‘त्यो समूहका कारण उनले सरकार गठनदेखि अहिलेसम्म आमजनताबीच सकारात्मक ढंगले प्रस्तुत हुन नसकेको र सरकारविरुद्ध नकारात्मक सन्देश प्रवाह भइरहेको ‘ बताए ।

सहभागी एक मन्त्रीका अनुसार जसरी पनि नेपालबाट माओवादीलाई समाप्त पारेर एक्लो बृहस्पति बन्ने योजना एमाले र आफ्नै पार्टी भित्र एउटा समूह लागेको प्रचण्डले बताएका थिए ।
पार्टी अध्यक्षलाई समेत जानकारी नदिई अख्तियार प्रमुख विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराईयो भन्ने प्रचार त्यहि षडयन्त्रको पाटो भएको उनको भनाई थियो ।

यसमा तपाईको प्रतिक्रिया