राजेन्द्र महतोलाई विशेष भेटमा भारतीय राष्ट्रपति मुखर्जीले भारत बोलाएको खुलासा, किन बोलाए भारत ?

काठमाडौं, २० कात्तिक । भारतीय राष्ट्रपति प्रमण मुखर्जी नेपाल भ्रमणमा आउँदा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले होटलमा पुगेर भेटे । नेपाली राजनीतिमा भेटले खासै चर्चा नपाएपनि एउटा विषयले भने मधेशी मोर्चाभित्र चर्चाको विषय बनेको छ ।
त्यो हो, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र राष्ट्रपति मुखर्जीबीचको कुराकानी । कात्तिक १८ गते साँझ ८ बजे मधेशी मोर्चाका नेता र राष्ट्रपति मुखर्जीबीच भेटघाट भएको थियो ।

भेटघाटमा मधेशी मोर्चाका नेताहरुले आआफ्नो कुराकानी गरेर फर्किने बेलामा राष्ट्रपति मुखर्जीले अध्यक्ष महतोलाई विशेष रुपमा सम्बोधन गरेर बोलाएका थिए ।

 ‘कैसे है महतोजी, आपका हालखबर क्या है, अभी आपका स्वास्थ्य कैसा हैं (के छ, महतोजी, तपाईको खबर के छ, तपाईको स्वास्थ्य कस्तो छ_ भन्दै राष्ट्रपति मुखर्जीले हात समातेर भारतबाट आएका डेलिगेट्सहरुसँग एकएक गरि विशेष परिचय गराएका थिए ।

परिचय गराउँदै भनेका थिए, ‘माओवादी र नेपाल सरकारबीच भारतमा भएको १२ बुँदे सम्झौता गराउनमा महतोजीले मलाई निकै सहयोग गर्नुभएको थियो, उहाँ वाणिज्य मन्त्री हुँदा मसँग पटक पटक कुराकानी हुन्थ्यो, उहाँबाट मलाई निकै सहयोग भएको थियो ।’

त्यति मात्र होइन, महतोलाई भारत आउन पनि निमन्त्रणा उनले दिएको सद्भावना निकट स्रोतले बताएको छ । हिन्दीमा मुखर्जीले महतोलाई ‘तपाईँ भारत आउनुस्, त्यहाँ बसेर थप कुराकानी गरौंला’ समेत भनेका थिए ।

सातजना मधेशी नेतामध्ये अध्यक्ष महतोलाई नै यतिका महत्व दिएपछि त्यहाँ उभिएका अन्य मधेशी नेताको अनुहार रातोपिरो भएको बताइन्छ । मधेशी मोर्चाका सातैजना अध्यक्ष त्यहाँ थिए तर मुखर्जीले कसैको नाम लिएर यसरी सम्बोधन गरेका थिएनन् । भेटघाटको क्रममा मुखर्जीको छेउमै बसेका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको पनि नाम लिएर सम्बोधन भएको थिएन । जबकी सबैभन्दा बढी भारत निकट पार्टी तमलोपालाई नै मानिन्छ ।

भटेघाटमा महतोलगायत तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालक अध्यक्ष उपेन्द्र यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी रहेका थिए ।

यसमा तपाईको प्रतिक्रिया