राजनीतिका आशा मात्रै हैनन् ओली, समाजसेवाको क्षेत्रमा पनि भगवान कहलिएका छन ओली दम्पति

काठमाडौं, २० कात्तिक । ‘दुःखको बाटो रोजेर सुखको खोजीमा लागेका छौ, तिमीहरूले सुरु गरेको काम सजिलो छैन तर जे गरिरहेका छौ राम्रो गर ।’ ढाडस दिने व्यक्ति थिए नेकपा एमालेका नेता केपी शर्मा ओली । उनले यसो भनिरहँदा उनलाई हेरेर मुस्कुराइरहेका थिए बेबी लाइफ होमका सञ्चालक राजकुमार पुन र उमा गुरुङ ।

ओली निवासमा लक्ष्मीपूजाको दिन बेबी लाइफ होमका २३ जना एचआईभी संक्रमित बालबालिका पुगेका थिए । उनीहरूलाई ओली पत्नी राधिका शाक्यले निमन्त्रणा गरेकी थिइन् । उनीहरूलाई लिएर बालबालिकाका ड्याडी, मम्मी पुन र गुरुङ ओली निवास पुगेका थिए ।

kp oli-radhika

देउसी खेल्नेको भीड बाक्लै थियो । शाक्य आगन्तुकसँग भलाकुसारी गर्दै थिइन् । बेबी लाइफ होमका बालबालिका रमाएर देउसी हेरिरहेका थिए । बालबालिकाले देउसिरे रमाइलो हेरुन्, रमाइलो गरुन् भन्ने उद्देश्यले शाक्यले उनीहरूलाई निमन्त्रणा गरेकी थिइन् । बालबालिकाले मनोरञ्जनसँगै आफ्नो प्रस्तुति पनि देखाए ।

सोनी विकले ‘मर्ने कसैलाई रहर हुँदैन…’ बोलको गीत गाएपछि सन्नाटा छायो । देउसी खेल्न आएका देउसेहरूको आँखामा आँसु रसायो । सोनीले गीत गाएपछि उनकी दिदी मनीषा, स्वस्तिका भण्डारी, उर्मिला अर्याल, वीरबहादुर खड्का, कपिल लोहारलगायतले सामूहिक नृत्य गरे । ओली र राधिकाले उनीहरूको नृत्य चासोपूर्वक हेरे ।

kp-radhika

शाक्यले बालबालिकालाई मिठाई, सेल, तरकारी आदि खुवाएकी थिइन् । बालबालिकाको नजिकै गएर ओलीले सबैको हालखबर सोधेका थिए । बालबालिकाहरू खुसी भए । केही समय पहिला टेलिभिजनमा उनीहरूको बारेमा दिइएको अन्तर्वार्ता हेरेपछि ओली पत्नी शाक्य बेबी लाइफ होम खोज्दै त्यहाँ पुगेको सञ्चालन पुन बताउँछन् । त्यसपछि भने नियमित सम्पर्कमा रहेको ओली दम्पती बेलाबेलामा बालबालिकासँग भेटघाट गर्दै आएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यसमा तपाईको प्रतिक्रिया