सुजाता कोइरालालाई क्यान्सर, सरकारसँग एक करोड उपचार खर्च माग

sujata-5
काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई क्यान्सर भएको छ ।

सुजाताका एक सहयोगीका अनुसार केही समयअघि मलेसिया भ्रमणमा रहेकै बेला अस्वस्थ भई चेकअप गराउँदा कोइरालालाई ब्रेस्ट क्यान्सर भएको पत्ता लागेको हो । क्यान्सर पत्ता लाग्नासाथ सुजाताको मलेसियामै शल्यक्रिया गरिएको थियो । उनी एकसाता अघि मात्र नेपाल फर्केकी छन् ।

उनलाई क्यान्सर लागेको खबर सरकारसँग उपचार खर्च मागेपछि बाहिर आएको छ । शुक्रबार (हिजो) बसेको मन्त्रिपरिषद बैठकमा सुजातालाई उपचार खर्च दिनेबारे छलफल भएको एक मन्त्रीले बताए । तर, निर्णय भने भएन् । उपचार खर्च दिने विषयमा निर्णय लिने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री विमलेन्द्र निधिलाई दिएका छन् । सुजातालाई उपचारका लागि एक करोड दिने विषयमा छलफल चलिरहेको छ ।

सुजाता हाल राजधानीको मण्डिखाटारस्थित आफ्नै निवासमै स्वास्थ्य लाभ गरिरहेकी छिन् ।

एशियाली महिलाहरुको सञ्जाल (आईक्याप)को सम्मेलनमा भाग लिन मलेसिया गएका बेला आफ्ना छोरी ज्वाईसँग सपिङ गरिरहेकी बेला एक्कासी रिंगटा लाग्दा सुजातालाई अस्पताल लगिएको थियो । जहाँ परीक्षण गर्दा क्यान्सर पत्ता लाग्यो र तुरुन्तै उनको शल्यक्रिया गरियो ।

शल्यक्रिया गरेको केही दिनपछि उनी नेपाल फर्केकी हुन् ।

 

यसमा तपाईको प्रतिक्रिया