प्रधानमन्त्रीको प्रश्न- अतिथि बोलाएर सम्मान गर्नु कसरी अराष्ट्रवाद भयो ? (हेर्नुस भिडियो सहित )

prachanda-in-sidha-kura
काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल आफैंमा महत्वपूर्ण परिघटना भएको बताएका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्री’मा शनिबार साँझ बोल्दै उनले उक्त कुरा बताएका हुन् । ‘१८ वर्षपछिको भारतीय राष्ट्रपति महामहिम प्रणव मूखर्जीको नेपाल भ्रमण आफैमा महत्वपूर्ण परिघटना हो,’ उनले भने, ‘भ्रमण सफल बनाउने दायित्व हामी सबैको थियो, जुन हामीले पुरा गरेका छौं ।’ उनले प्रणव मुखर्जी निकै प्रसन्न भएर फर्किएको पनि बताए ।

‘सफल भ्रमण र फलदायी भएको छ, दुई देशका सरकार र जनताको सम्बन्ध हार्दिक बनाउन भ्रमण महत्वपूर्ण रह्यो,’ उनले भने, ‘अहिलेको भ्रमण सद्भाव भ्रमण मात्रै थियो, नाफा घाटा भन्दा पनि दुई देशको सम्बन्ध सुदृढीकरणका दृष्टिले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण महत्वपूर्ण भयो ।’

प्रधानमन्त्री प्रचण्डले मुखर्जीको यो भ्रमणले विश्वभरि सन्देश दिएको बताए । ‘नेपालले उच्चस्तरीय भ्रमणको आयोजना गर्न सक्षम छ भन्ने सन्देश गएको छ । नेपाल सरकारको क्षमताको पुष्टि भएको छ,’ उनले भने, ‘भ्रमण व्यवस्थित, अनुशासित र सक्षमतापूर्वक पुरा भएको छ । यो भ्रमणले चीनियाँ राष्ट्रपतिको भ्रमणलाई सकारात्मक सन्देश पनि गएको छ ।’

Loading...

यसमा तपाईको प्रतिक्रिया