सत्ता जोगाउन भारतसंग लम्पसार परेर सर्वत्र आलोचना खेपिरहेका प्रचण्ड भन्छन: “मैले देशको इज्जत बढाउने जिम्मेवारी पुरा गरे खुसि छु”(भिडियो सहित)

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा नेपालको समग्र स्थिति र नेपाल—भारत सम्बन्धबारे खुलेर कुरा भयो । सबै नेताहरुले खुलेर छलफल गर्ने अवसर मिल्यो । त्रीदेशीय साझेदारी धेरै वर्षदेखि उठाएको प्रश्न हो । गोवामा पनि त्रिदेशीय साझेदारी कुरा भएको छ । यसमा भारत पनि विपक्षमा छैन ।
त्रिदेशीय समझदारीमा भारत र चीन दुवैको सकारात्मक प्रतिक्रिया नै थियो । भारतले त्रिदेशीय समझदारी राम्रो हो । तर, कार्यान्वयन गर्ने समय आइपुगेको छैन भन्ने प्रतिक्रिया दिएको थियो । चीनको त समर्थन नै थियो । भारतीय राष्ट्रपतिको भ्रमणका बेला पनि त्रिदेशीय समझदारीको कुरा गरेको छु । मलाई विश्वास छ, यो प्रस्ताव अगाडि जान्छ ।
भारतीय राष्ट्रपति नेपाल आउने कार्यक्रम पहिले नै तय भएको हो । भ्रमणको निम्तो सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो । अतिथिलाई सम्मान गर्नु अराष्ट्रवाद हो भने मेरो भन्नु होइन । आफै अतिथि बोलाएर अपमान गर्ने सोंच राम्रो होइन । मैले जिम्मेवारीपूर्वक काम गरें । मैले देशको ईज्जत बढाउने गरी जिम्मेवारी पूरा गरेकोमा खुसी छु । भ्रमणबारेका अरु टिकाटिप्पणीबारे म अहिले केही भन्दिनँ ।

केही समय अघि म भारतको राजकीय भ्रमणमा गएँ । म त्यहाँ जाँदा पनि भारतको यातायात ठप्प पारिएको थियो । त्यहाँ पनि बाटो खाली गरिएको थियो, यात्रुहरु कुरेर बसेका थिए । यो विश्वभरिकै प्रचलन हो । हामीले विश्वभरको प्रचलन मानेका मात्र हौं । हामीले छुद्र टिप्पणी गरेर अन्तराष्ट्रिय सम्बन्ध र मान्यतालाई बिर्सन खोजेका त होइनौं ? यस्तो छुद्रतापूर्ण टिप्पणी राम्रो हुँदैन ।
अर्काे तर्फ भारतीय राष्ट्रपति आउँदा बिदा दिने कि नदिने भन्नेबारे राष्ट्रपति समेतको उपस्थितिमा छलफल भएको हो । परराष्ट्र र सुरक्षाका अधिकारीहरुको पनि राय आएपछि सम्मान र व्यवस्थापन दुवैका दृष्टिले सही हुन्छ भन्ने मानेर बिदा गरेको हो । यसले देशलाई कुनै घाटा भएको छैन । सम्बन्धलाई सुदृढ गर्न मद्दत नै पुगेको छ । काठमाडौंमा मात्रै गर्न सकिन्थ्यो भन्ने कुरामा म सम्मान गर्छु । तीतो टिप्पणी गर्ने साथीहरुले अरु सम्मानित संस्थाहरुलाई बचाउनुभयो, त्यसैमा खुसी छु । हेर्नुहोस यो भिडियो:

यसमा तपाईको प्रतिक्रिया