दिल्लीको ईसारामा ढल्नेभो सरकार! देउवानै लागेपछि गठबन्धनभित्र हाहाकार

काठमाण्डौ २१ कार्तिक – जतिबेला भारतको नाकाबन्दीको वावजुत चौतर्फी अभाव थियो सो समयमा प्रधानमन्त्री केपी शर्मा ओली सर्वत्र हाइहाइ थिए । ठीक त्यही समयमा पत्नी आरजु देउवाको उपचारकोे बाहनामा दिल्ली गएका देउवा लगायका भारतपरस्त नेताहरुकै जोडबलमा ओली नेतृत्वको सरकार गिराउने डिजाइन तयार भएको थियो । उक्त डिजाइनमा कांग्रेसकै तर्फबाट नेता खूमबहादुर खड्का, माओवादीका कृष्णबहादुर महरा लगायतको सहभागिता थियो ।

उनै देउवा अहिले भारतको गोवामा भारतीय प्रधानमन्त्री मोदीको पार्टी इण्डिया फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा भाग लिन शुक्रबार भारत प्रस्थान गरेसँगै स्वदेशमा भने राजनीतिक हल्लीखल्ली मच्चिएको छ । गोवामा आयोजित कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका भनिए पनि भित्री रहस्य भने अर्कै रहेको बताइएको छ ।
अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह काकीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै नेपालमा राजनीतिक कोर्स मात्र फेरिएको छैन । वर्तमान सरकार गठबन्धन नै धरापमा परेको छ । यसपटकको देउवाको मुख्य मुद्धा भनेको लोकमानसिंह कार्की र सत्ता समीकरण परिवर्तन मुख्य रहेको स्रोतको दाबी छ । लोकमानसिंह कार्कीको महाअभियोगको बिषयले देउवा स्वदेश फर्किएपछि नयाँ मोड लिनेछ ।

 यता,महाअभियोगको प्रस्ताव संसदबाट फेल गर्नैका लागि आउने सातादेखि प्रचण्ड सरकारलाई गिराउने खेल सुरु हुने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । देउवा भारतबाट कात्तिक २३ गते फर्कनेछन् र उनी फर्किएलगतै प्रचण्ड सरकारको दिनगन्ती सुरु हुनेछन् ।जुमएनपिडटकमवाट

 

यसमा तपाईको प्रतिक्रिया