अंगीकृतको हल्लिखल्लीका बीच प्रकाशले लेखे, ‘अब यस्तो बहस गरौँ’

काठमाडौं, २१ कात्तिक । अंगीकृत नागरिक पनि राष्ट्रप्रमुख बन्न पाउने व्यवस्था गर्न लागिएको भनेर चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालले भ्रमको पछि नलाग्न अपील गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले भ्रमको पछि लाग्नुको साटो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ल्याउन बहस गरौँ भनेका छन् ।

‘बहस गर्नु नै छ भने कुनै पूर्वाग्रह नराखी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख निर्माण गर्न बहस गरौँ बाँकी यस्ता भ्रमका पछि नलागौँ । के देशलाई सधैँ उँदोगति तिर धकेल्ने हो ? जनताबाट चुनिएको कार्यकारी प्रमुखको लागि नमान्ने पार्टीलाई मान्न बाध्य पारौं । माओवादीको एेजेण्डा भनेर यसलाई धकेल्न नखोजौँ,’ प्रकाशले फेसबुकमा लेखेका छन् ।

prakash-dahal-status

यद्यपी अंगीकृत नागरिक पनि राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीसहितका प्रमुख पदमा पुग्न सक्ने व्यवस्था राख्न लागिएको भन्ने हल्लाको भने प्रधानमन्त्री स्वयमले खण्डन गरिसकेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया