विद्युत प्राधिकरणकै जिम्मेवार तहमा रहेका अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिधुत जनतालाई बाँडदा यसरी हट्यो उपत्यकासहित प्रमुख सहरमा लोडसेडिङ

lodsedin-ghatyo
काठमाडौं, २२ कात्तिक – विद्युत प्राधिकरणले जिम्मेवार तहमा रहेका केही अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिजुली लोडसेडिङको दायरामा ल्याइ सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानहरूमा लोडसेडिङ तत्कालका लागि हटेको छ ।

काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपुर्ति कटौती हुँदै आएकोमा त्यसलाई ‘व्यवस्थित’ गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

 ‘हामीले समानुपातिक रूपमा बिजुली आपूर्ति मात्र गरेका हौ,’ घिसिङले भने, ‘भाँडोमा भएको बस्तुलाई बराबरी बाड्दा लोडसेडिङ हालका लागि हट्यो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

यसमा तपाईको प्रतिक्रिया