चीनतर्फ संकेत गर्दै देउवाले भने : नेपाल–भारत दाजुभाई हुन्, अरुसँग तुलना गर्न मिल्दैन

sher-bahadur-deuba-1

नयाँदिल्ली, २२ कात्तिक– काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उक्त सम्बन्ध कसैले बिगार्न नसक्ने बताएका छन् ।

सभापति देउवाले नेपाल र भारतको सम्बन्ध अरु मुलुकसँग तुलना गर्नै नमिल्ने बताए । नेपाल र भारत विभिन्न यात्रामा सँगै रहेको तथा भौगोलिक, सांस्कृतिक र धार्मिक रुपमा आपसमा बाँधिएको उल्लेख गर्दै देउवाले दुवै मुलुकका जनताबीचमा समेत घनिष्ठ र दाजुभाइको सम्बन्ध रहेको उल्लेख गरे ।

‘नेपाल र भारतको सम्बन्ध अरु देशसँगथ तुलना हुनै सक्दैन’, भारतको जवाहरलाल नेहरु विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधीको उपाधि ग्रहण गर्दै आइतबार देउवाले भने, ‘हाम्रो (नेपाल–भारत) सम्बन्ध दाजुभाइको सम्बन्ध हो ।’

देउवाले नेपालका हरेक कदममा भारतको साथ र सहयोग रहँदै आएको बताए । १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ति स्थापना गर्न अहम भूमिका खेलेको भन्दै देउवाले भारतको प्रशंसा गरे । फरक प्रसंगमा उनले असन्तुष्ट पक्षका मागलाई ध्यानमा लिएर संविधान संशोधनको तयारी भइरहेको जनाए ।

नेपालको संविधान लचिलो र गतिशील भएकाले संशोधनमा समस्या नहुने दाबी गरे । नेपालको संविधानले महिला, मधेसी, आदिवासी/जनजाति, दलित, पिछडिएको क्षेत्रलगायत अल्पसङ्ख्यकलाई विशेष अधिकार प्रदान गरेको उनको भनाइ थियो ।

‘संविधानका केही प्रावधानमा केहीको असन्तुष्टि छ’, उनले भने, ‘हामी संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाउन लागिपरेका छौं ।श्रोत एस काठमाडौं

 

यसमा तपाईको प्रतिक्रिया