अंगिकृतलाइ उच्चपद दिने प्रस्ताब एमाले ले कुनैपनि हालतमा पास हुन् दिदैन -एमाले महासचिव इश्वर पोखरेल

खोटाङ, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अंगीकृत नागरिकलाई उच्च पद दिन नसकिने बताएका छन् ।

खोटाङ सदरमुकाम दिक्तेलमा सोमबार बिहान प्रेस चौतारी नेपालद्धारा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सरकारले संविधान संशोधनमा त्यस्तो विषय समावेश गर्न नसक्ने ठोकुवा गरे । उनले भने, ‘तर, त्यस्तो प्रस्ताव आयो भने एमालेले विरोध गर्दछ, पास हुन दिंदैन् ।’

उनले संविधान संशोधनका विषयमा सरकारले अहिलेसम्म ठोस छलफल नगरेको बताउँदै नाजायज माग पूरा गर्न नसकिने बताए । पोखरेलले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको पक्षमा कांग्रेस पनि उभिने विश्वास व्यक्त गरे । ‘थोरै पनि विवेक छ भने कांग्रेस पक्षमा उभिनुपर्दछ,’ उनले भने । उनले लोकमानको नियुक्ति हुने प्रंसग चलेकै दिनदेखि आफू विपक्षमा उभिएको बताए । उनले एमालेले मात्रै लोकमानलाई ल्याउनु हुँदैन भन्ने संस्थागत निर्णय गरेको उल्लेख गरे ।

पोखरेलले भारतीय राष्ट्रपतिलाई दिने सम्मानप्रति एमालेको कुनै टिप्पणी नभए पनि सरकारले कुटनीतिक मर्यादाविपरीत चाप्लुसीको पराकाष्ठा नाघेको आरोप लगाए । पोखरेलले संविधान कार्यान्वयन गर्न अबरोध खडा गरेर पुनः राजनीतिक रंग भएको बाहुबली ल्याउने षड्यन्त्र सुरु भएको बताए ।

संविधान कार्यान्वयनका लागि चार महिने अभियानका क्रममा महासचिव पोखरेलसहित सचिव भीम आचार्य, वैकल्पिक पोलिटब्यूरो सदस्य शेरधन राई, युवा संघका उपाध्यक्ष रमेशकुमार पौडेल, प्रवक्ता प्रभातविक्रम कटुवाल खोटाङ आएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया