ओलीले ९ महिनामा ६० लाखको खाजा खाय भनेर कुनैबेला उर्लने माओबादी आज ओलीलाई उछिन्दै, प्रचण्डको मासिक खाजा खर्च ७ लाख ३५ हजार!

प्रधानमन्त्रीसँग सम्वन्धित बैठक र उनको सचिवालयसहितले एक महिनामा ७ लाख ३५ हजार ९ सय ५४ रुपैयाँको खाजा खाएको बिल सार्वजनिक भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवार र प्रधानमन्त्रीको निवास बालुवाटारमा सबैभन्दा बढी खाजा पुर्‍याउने फर्मको रुपमा बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रालि रहेको छ ।

बिल सार्वजनिक हुँदा सुशील कोइराला सरकारको पालादेखि नै यो फर्मको नाम देखिने गरेको छ । यही फर्मले केपी ओली सरकारलाई ९ महिनामा ६० लाखको खाजा खुवाएको थियो ।

त्यसैगरी कानुन आयोगले पदाधिकारी तथा कर्मचारीहरुको हवाई टिकटको रकम भुक्तानी शीर्षकमा ८ लाख ६५ हजार रुपैयाँको बिल सार्वजनिक गरेको छ । सामान्यतया कुन कार्यक्रममा को जाँदा कति खर्च भएको खुलाउनुपर्ने भएपनि आयोगले एकमुस्ट खर्च सार्वजनिक गरेको छ । एकै दिन आधा घण्टाको अन्तरालमा सार्वजनिक भएको विलमा भुक्तानी पाउने संस्था भने एउटै छ । आयोगले सिनर्जी ट्राभल्स प्रालिलाई भुक्तानी दिएको छ । श्रोत अनलाइन खबर

यसमा तपाईको प्रतिक्रिया