माओबादी केन्द्रिय सदस्यको कडा व्यंग्य: ““सडक चौडा पार्दा पहिलोबाट तेस्रो पार्टीमा झर्नुपर्यो । अब लोडशेडिंग हटाउॅदा के हुने हो फेरि ?”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा काठमाडौं उपत्याकासहित धुलिखेल र बनेपालाई लोडसेडिङ मुक्त बनाउने घोषणा भएपछि यो घोषणाको सर्वत्र प्रशंसा भएको छ ।aahuti

तर एक माओवादी नेताले भने यस्तो काम गर्दा पार्टीको हालत के होला भन्दै चिन्ता ब्यक्त गरेका छन् । माओवादी केन्द्रिय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुती’ले काठमाडौंको सडक फराकिलो पार्दा माओवादी तेश्रो पार्टीमा खुम्चिन पुगेको स्मरण गराउँदै लोडसेडिङ मुक्त गराउँदा को होला भन्दै फेसबुकमा ब्यङ्गात्मक स्ट्याटस लेखेका हुन् ।

 उनले फेसबुकमा लेखेका छन्, “सडक चौडा पार्दा पहिलोबाट तेस्रो पार्टीमा झर्नुपर्यो । अब लोडशेडिंग हटाउॅदा के हुने हो फेरि ? उल्केर धेरै राम्रो काम नगर हो साइला यो देसले पचाउन गारो छ ।”

गत चुनावमा पराजित भएपछि तत्कालीन माओवादी नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौंको सडक फराकिलो पारेर शहर बनाउँदा काठमाडौंबासीले माओवादीलाई हराएको भन्दै असन्तोष पोखेका थिए ।

प्रचण्ड प्रधानमन्त्री भएको समयमा राजधानी काठमाडौंमा अव लोडसेडिङ नगर्ने तयारी नेपाल विद्युत प्राधिकरणले गरेको छ ।  काठमाडौं उपत्यकासहित काभ्रेको बनेपा, धुलिखेल र पाँचखालसम्म लोडसेडिङ नहुने गरी काम भैरहेको प्राधिकरणले जनाएको छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनाइएका कुलमान घिसिङले उपत्यकालाई लोडसेडिङ मुक्त बनाउनका लागि आवश्यक गृहकार्य गर्नका लागि उच्चस्तरिय विज्ञ समिति गठन गरेर काम भैरहेको जानकारी दिएका छन् । तिहारमा काठमाडौं उपत्याकामा लोडसेडिङ नगरेर प्रयोग गरिएको समेत प्राधिकरणले जनाएको छ।

यसमा तपाईको प्रतिक्रिया