चीनले नेपालका लागि पठायो महिला राजदूत, यू होङ काठमाडौं आइपुगिन्

chiniya-radhut
काठमाडौं  कात्तीक  २२ चीनले नेपालका लागि नयाँ राजदूतमा यू होङलाई पठाएको छ । उनी सोमबार काठमाडौं आइपुगेकी छन् । राजदूत उ चुन्ताईको कार्यकाल सकिएको र नेपालमा भारतीय प्रभाव दिन प्रतिदिन बढिरहेका बेला चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो ।

 चिनियाँ राजदूतावासका अनुसार ५१ वर्षीया चिनियाँ वरिष्ठ कूटनीतिज्ञ होङ बेइजिंगबाट थाइल्याण्डको बैंकक हुँदै सोमबार दिउँसो काठमाडौं ओर्लिएकी हुन् ।

एसिया मामिलामा दख्खल राख्ने होङ यसअघि इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत कार्यरत थिइन् ।

नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पदमा महिला रहेका बेला चीनले महिला राजदूत पठाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । नेपालमा हाल अमेरिकी राजदूत पनि महिला नै छिन् ।

 

यसमा तपाईको प्रतिक्रिया