प्रचण्डलाई निशाना बनाउदै विप्लव माओबादिले गर्यो कात्तिक २८ गते नेपाल बन्दको घोषणा

biplap
काठमाडौं, २२ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कात्तिक २८ गते नेपाल बन्दको घोषणा गरेको छ ।

सरकारले कालोबजारी र महंगी नियन्त्रण नगरेको भन्दै चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्न विप्लव माओवादीले नेपाल बन्द गरेको गरेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘बढ्दो महंगीले जनता मारमा परेका छन् । चर्को महंगीका विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चित गर्नका लागि दबाबस्वरुप नेपाल बन्द गरिएको छ ।’

विप्लव माओवादीले भारतीय सेनामा गोर्खा भर्ती रोक्न समेत माग गरेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया