एम्वुलेन्सलाई तिर्ने पैशा नभएपछि ठेलामा श्रीमतीको शव राखेर ६० किलोमिटरको यात्रा

sab-hospital
एजेन्सी । हैदरावादमा भीख मागेर आफ्नो पेट पाल्ने एक व्यक्तिको कहानी सुनेर मानिस दंग परेका  छन् । उनको श्रीमतीको मृत्यु भएपछि पैतृक स्थानमा लैजान एम्वुलेन्सलाई पैशा निर्ते क्षमता नभएपछि श्रीमतीको शव ठेलामा राखेर ६० किलोमिटरको यात्रा तय गरेका छन् । उनी आफ्नो गाउँ जाँदा बाटो भुलेर अझ धेरै कठिन परिस्थितिको सामना गर्नुपर्यो ।

रामुल नाम गरेका ती व्यक्ति र उनका पत्नी दुवै कुष्ठरोगी हुन् । रोगको कारण उनको मृत्यु भएको थियो । आफ्नो पत्नीको अन्तिम संस्कार उनले आफ्नो पैतृक गाउँमा गर्ने सोच बनाए । तर नीजि गाडीलाई शव लैजान अनुरोध गर्दा उनीसँग १० हजार मागेपछि आफैले ठेलामा राखेर लैजाने सोच बनाए ।

विच बाटोमा श्रीमतीको शवछेउमा रोइरहेको अवस्थामा केही गाउँलेले देखेपछि प्रहरीलाई खवर गरेक थिए । प्रहरीले एक वकिलको सहयोगमा रामुलको समस्या समाधान गरिदिए । एम्वुलेन्सको व्यवस्था गरेर उनको पैतृक स्थानमा पुर्याइदिए ।

भारतमै केही समय अगाडी पैशा तिरेर आर्यघाट सम्म पुराउन क्षमता नभएपछि एकजनाले आफ्नो श्रीमतीको शव आफैले बोकेर १० किलोमिटरको यात्रा गरेको समाचारले सनसनी मच्चाएको थियो ।

यसमा तपाईको प्रतिक्रिया