सोनियालाई प्रधानमन्त्री नबनाउने भारतले नेपालमा अंगीकृतलाई राष्ट्रप्रमुख बनाउ भन्ने ?

khanal-rupendehi
भैरहवा, २२ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतमा सोनिया गान्धीलाई प्रधानमन्त्री बनाउने बेला अंगीकृत भएकै कारण राक्नेले नेपालमा अंगीकृत नागरिकताधारीलाई संवैधानिक पदमा लैजाने प्रावधान राख भनेर दबाब वा सल्लाह दिनु गैरजिम्मेवारीपन भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देही शाखाले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले भने– ‘भारतमा भारतीयहरुले सोनिया गान्धीलाई अंगीकृत नागरिकता भएकै कारण प्रधानमन्त्री बन्न नदिने तर नेपालमा अंगीकृत नागरिकताधारीलाई संबैधानिक पदमा लैजाने प्रावधान ल्याउ भन्दै सुझाब दिनु अत्यन्तै गलत छ । म त भन्छु पहिले आफ्नो देशमा लागु गर अनि मात्र हामीलाई सुझाब देऊ ।’

एमालेका वरिष्ठ नेता समेत रहेका खनालले अंगीकृत नागरिकताधारीलाई संवैधानिक पद दिने सबालमा नेकपा एमाले कहिल्यै तयार नुहने बताउदैं भने– ‘हाम्रो पार्टी यस्ता गलत कुराको पछि लाग्दैन । जसले जत्ति आन्दोलन गरे पनि अंगिकृतलाई संबैधानिक पदमा लैजानै हुन्न ।’ उनले भर्खरै भारतीय राष्ट्रपति प्रणव मुर्खजीले मुलुकको भ्रमण गर्नु राम्रो भएता पनि उनले कुटनीतिक मर्यादाविपरित नेपालको संविधानको विषयमा टिप्पणी गर्नु गलत भएको समेत जिकिर गरे ।

२०७४ माघ ४ सम्म स्थानिय निर्वाचन नभएमा विद्यमान संविधान कागजको खोस्टोमा परिणतः हुने तर्क गर्दै जसरी राजा फाल्दा होस वा संविधान जारी गर्दा एमाले कांग्रेस र माओवादी एक भएका थिए त्यसरी नै अहिले संविधान कार्यन्वयनको सबालमा एक हुनुपर्नेमा उनले जोड दिए ।

नेता खनालले पहाड र तराईलाई टुक्राएर छुट्टा छुट्टै राज्य बनाउने कुरा कहिल्यै पूरा नहुने तर्क गर्दै तराई मधेसलाई पहाडसंग कदापी छुट्टाउन नहुने र त्यसको लागि एमाले सधैं अग्रसर भएको पनि बताए । उनले मधेसी मोर्चाले पहाड र मधेसलाई अलग अलग राष्ट्रको रुपमा स्थापीत गर्न खोजेको भन्दै त्यो कदापी नेपाली जनताले नस्वीकार्य पनि बताए ।

नेता खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्किे राष्ट्रिय सहमतिमा हुने दुभाग्र्यपुण सहमति भएको बताउदैं भने– ‘म एमाले अध्यक्ष छदां नै लोकमानलाई अख्तियारको प्रमुख गराइएको हो । सबै दलको सहमतिमा त्यो भएको थियो । त्यतिबेला नै पत्रकारहरुले सोधेका थिए । यस्तो दाग लागेको मान्छेलाई किन अख्तियार प्रमुख बनाउनु भयो भनेर हामीले सुध्रेलान भनेर गरेका थियौं तर उनी सुध्रिएनन ।’

 

यसमा तपाईको प्रतिक्रिया