अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक बैठक

prachandee
काठमाडौं २३ कात्तिक । बहिगर्मित जनमुक्ति सेना नेपालले पार्टीको केन्द्रिय कार्यालय कब्जा लिएर विरोध सुरु गरेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक बैठक बोलाएको छ । साँझ बालुवाटारमा बोलाइएको बैठकले समस्या समाधान गर्न समिति बनाउने निस्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनले पार्टीका बरिष्ठ नेता रामबहादुर थापा बादल लगायतका नेताहरुसँग उक्त विषयमा छलफल गरेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले यस्तो घट्नाले देशव्यापी रुपमा राम्रो सन्देश नजाने भन्दै चाँडो भन्दा चाँडो उनीहरुको माग पूरा गराउनको लागि पार्टीका जिम्मेवार शीर्ष नेताहरुलाई निर्देशन दिएका छन् ।
उता विगतमा आफूहरुसँग गरेका सम्झौताहरु अहिलेसम्म कुनैपनि कार्यान्वयन नगरेको भन्दै आक्रोशि रुपमा प्रस्तुत भएका बहिगर्मित जनमुक्ति सेनाले कोटेश्वरस्थित् पेरिडाँडामा रहेको माओवादी केन्द्रको केन्द्रिय पार्टी कार्यालय नै कब्जा गरेको हो । करिव ३ सयको संख्यामा रहेका उनीहरुले दिउँसो १ बजेदेखि पार्टी कब्जा गरेका हुन् ।
आफूहरुले उठाएका मुद्दाहरु पूरा नभएसम्म पार्टी कार्यालय कब्जा गरिहरने अध्यक्ष लेनिन विष्टले जानकारी दिए । उनीहरुले विभिन्न ७ बुँदे मागहरु अघि सारेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया