प्रचण्डले आफ्नै पूर्वलडाकुलाई लाठ्ठी लगाएर लखटे (हेर्नुस भिडियो सहित)

कात्तिक २३ । कोटेश्वरस्थित पार्टी मुख्यालय कब्जा गरेर बसेका माओवादी पूर्वलडाकुहरुलाई सरकारले प्रहरी प्रयोग गरेर हटाएको छ ।
विभिन्न माग राख्दै पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा पूर्वलडाकुहरुले सोमबार कब्जा जमाएका थिए ।

बालबच्चासहित पार्टी कार्यालय कब्जा गरेका बर्हिगमित पूर्वलडाकुहरुलाई मंगलबार बिहानै प्रहरीले हटाएको हो । अयोग्यको बिल्ला हटाउनु पर्ने, गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, जनमुक्ति सेनासरहको समान व्यवहार गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।

यसअघि पनि उनीहरूले माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका थिए । पार्टी कार्यालय घेराउ गर्न बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित करिब दुई सय पूर्वलडाकु पेरिसडाँडामा बसेका थिए ।

सेना सममायेजनका क्रममा तत्कालीन जनमुक्ति सेनाबाट चार हजार नौजनालाई अयोग्य लडाकु भन्दै शिविरबाट निकालिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया