प्रचण्ड पनि भारतसँग विके: पाकिस्तानी मिडिया ‘नेपालीहरुले भारतको नाकाबन्दी भुलेका छैनन्

काठमाडौं, २३ कात्तिक । भारत र पाकिस्तानबीच बढ्दो तनावकाबीच मंगलबार पाकिस्तानबाट नेपालसम्बन्धी एक खबर आएको छ ।

पाकिस्तानको चर्चित मासिक पत्रिका साउथ एसिया फोरुमले नेपालबारे फिचर प्रकाशित गर्दै नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि भारतमा विक्ने नेताको सूचीमा थपिएको टिप्पणी गरेको छ ।

नेपाली राजनीतिज्ञहरु भारतसँग लम्पसार गर्ने गरेको भन्दै कसैको ‘एस म्यान’ बन्दैनौं भन्ने प्रचण्डले पनि सत्तामा पुगेपछि भारतसँग आत्मसमर्पण गरेको उक्त पत्रिकाको विश्लेषण छ ।

फैजान उसामीले लेखेको फिचरमा प्रचण्डको पछिल्लो सत्तारोहण पनि भारतकै चाहानामा भएको भन्दै नेपालमा प्रधानमन्त्री बनेपछि आशिर्वाद थाप्न भारत जाने गरेको र प्रचण्डले पनि यही परम्परालाई निरन्तरता दिएको कुरा उल्लेख गरिएको छ ।

नेपालबाट प्रकाशित हुने पत्रिका नेपाली टाइम्सलाई उद्धृत गर्दै उक्त फिचरमा प्रचण्डले दिल्लीमा एक खालको प्रभाव दिन सफल भएपनि नेपालमा भने उनी पनि भारतमा विक्ने नेताको सूचीमा थपिएको भान मात्र परेको समेत भनिएको छ ।

pakistan-media-on-prachanda-640x579

प्रचण्डले बालुवाटार छिर्ने समयमा गरेका प्रतिबद्धताहरु कुनै पनि पुरा नभएको र मधेशीहरुको माग बमोजिम संविधान संसोधन हुने सम्भावना तत्काल नभएको भन्दै उक्त पत्रिकामा संविधान संशोधन नगरी भारतलाई विश्वासमा लिन समेत प्रचण्ड असफल हुने विश्लेषण गरिएको छ ।

नेपालीहरुले गत वर्ष भारतले लगाएको नाकाबन्दी नभुलेको भन्दै नयाँ प्रधानमन्त्रीले पनि यथास्थितिबाट मुक्ति दिन नसकेको निष्कर्ष निकालेको छ । उक्त फिचरको निष्कर्ष छ, ‘नेपाल जस्ता भूपरिबेष्ठित मुलकुसँग जुनसुकै मूल्यमा पनि छिमेकीसँग आत्मसमर्पण गरेर टाँसिनेको विकल्प छैन ।’

नाकाबन्दी, सत्ता परिवर्तनमा भारतको हात, प्रचण्ड प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गरिएको परराष्ट्र नीति एउटै बनाउने खालको समझदारी, त्यसपछिको भारतीय राष्ट्रपतिको भ्रमणमा संविधान संशोधनमा सबैलाई समेट्ने दबाब र बढ्दो भारतीय प्रभाव लगायतका विषयहरु समावेश गर्दै पाकिस्तानी पत्रिकाले प्रचण्ड पनि भारतसँग विक्ने नेताको सूचीमा परेको फिचर प्रकाशित गरेको छ ।

हेर्नुस् समाचारका महत्वपूर्ण अशंहरु:

pakistan-media-on-prachanda-1 pakistan-media-on-prachanda-2-640x326

यसमा तपाईको प्रतिक्रिया