‘मोदीका भाई’ अटो चलाएर गुजारा गर्छन ? भाइरल भइरहेको फोटोको सत्यता के हो ?

अहिले सोसल मिडियामा एक फेसबुक पोष्ट भाइरल भइरहेको छ । जसमा एक ब्यक्ति अटो चलाइरहेका देखिन्छन् ।

फेसबुक पोष्टलाई मान्ने हो भने ती ब्यक्ति अटो चलाएर गुजारा गर्छन् । अहिले फेसबुकमा अटो चलाउने ती ब्यक्तिलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माइला भाइ भनेर सेयर गर्न थालिएको छ ।
modi-ko-bhai
उक्त फोटोलाई अहिलेसम्म करिब ७ हजार बढीले लाइक गरेका छन् । फोटोको यथार्थ थाहै नपाइकन पनि हजारौंले शेयर गरिरहेका छन् ।

यसलाई एक फेसबुक ग्रुप ‘चलो चले मोदी जी के साथ’मा शेयर गरिएको थियो । लगतै उक्त ग्रुप चेक गर्दा बन्द अवस्था भइसकेको थियो ।


के हो फोटोको सत्यता? को हुन देखिएका ब्यक्ति ?

अटो ड्राइभरलाई नरेन्द्र मोदीका भाइ बताइएको छ । तर, यो एकदमै झुटो हो । फोटोमा देखिने ब्यक्ति तेलंगनाको अदीलावादको एक अटो ड्राइभर हुन् ।

उनको अनुहार प्रधानमन्त्री मोदीसँग अलिकति मिल्छ । यसकारण धेरै मानिसहरुले यसलाई साचो मानेर सेयर गरेका छन् । ती ड्राइभर अनुहारका मोदीसँगै मिलेका कराण निकै लोकप्रिय छन्, उनीसँग मानिसहरु सेल्फी समेत खिचाउँछन् ।

एक पटक कोही पनि अटो ड्राइभरको फोटो देखेर झुक्किन्छ । फेसबुकमा यो पोष्टलाई अहिलेसम्म १० हजार बढीले शेयर गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया