भारतले चाहे बमोजिम ५ नम्बर प्रदेश टुक्र्याउने प्रचण्ड सरकारको निर्णयले यो सरकार ढल्ने मात्र हैन माओबादी नै हुने भो पत्तासाफ!

pradesh5तराई र पहाड संयोजन भएको र मगर थारु तथा अन्य समुदाय मिलेर बनेको प्रदेशको सिमांकन हेरफेर गरेर तराई र पहाड छुट्याउने चाहना भारत र मधेसी मोर्चामा छ । उनीहरूको चाहनाबमोजिम सरकारले संशोधनको तयारी गरेपछि यस क्षेत्रका जनतामा आक्रोस थप्ने निश्चित छ ।

रगतको खोलो बगेपनि पहाड र तराईको संयोजन बनेको यो प्रदेशलाई कुनै हालतमा टुक्राउन नदिने यस क्षेत्रका जनताहरूको चेतावनी छ । मंगलबार ५ नं क्षेत्रका एमाले नेताहरूले सर्वसम्वत रूपमा कुनै पनि हालतमा यो प्रदेशमा सिमांकन फेरबदल हुन नदिने औपचारिक निर्णय नै गरेका छन् ।

एमाले नेता गोकर्ण विष्टले भने “ हामी यो क्षेत्रका सबै सांसद तथा नेताहरू मधेसी, थारू देखि पहाडका सबै नेताहरूले यस क्षेत्रलाई टुक्राउन नदिन सर्वंसम्वत निर्णय गेका छौँ, सरकारको यस्तो प्रस्ताव कुनै हालतमा मान्य हुँदैन । यदि सरकारले यस्तो गरेमा हामी जुनसुकै मूल्य चुकाउन पनि पछि पर्दैनौ ”। एमाले मात्र होइन यो प्रदेशका माओवादी र कांग्रेसका लगायतका पार्टीका नेता पनि टुक्राउन नदिन एकढिक्का छन् । गुल्मी क्षेत्र नं २ का सभाषद चन्द्र भण्डारी पनि ५ नं. प्रदेशलाई चलाउने कुरा कुनै हालतमा स्विकार्य नहुने बताउँछन् ।

नेपालको राष्ट्रय राजनीतिमा यी क्षेत्रका नेताहरूको उपस्थिती उलेख्य रहेको छ । एमालेका  विष्णु पौडेल, गोकर्ण विष्ट, प्रदिप ज्ञवाली जस्ता प्रभावशाली नेता यीनै क्षेत्रका हुन् । यस्तै माओवादीमा पनि टोपबहादुर रायमाझि, पम्फा भुषाल देखि रामबहादुर थापा बादलको समेत जन्मस्थान हो । यस्तै कांग्रेसमा पनि चन्द्र भण्डारी, वालकृष्ण खाण लगायतका प्रभावशाली नेता पनि यहि क्षेत्रका हुन् । जसले गर्दा पनि सरकारको यो अस्वभाविक निर्णयले सरकार नै नढल्ला भन्न सकिन्न ।

यो क्षेत्रका जनताको भावना विपरित सरकारले ५ नं प्रदेशको सिमांकन हेरफेर गर्ने प्रस्ताव गरेमा यो क्षेत्रमा आगो बल्ने निश्चित त देखिएको छ साथै यसले माओवादी सरकारलाई समेत अफ्ठ्यारो पार्ने देखिन्छ । पछिल्ला दिनमा चौतर्फि घेराबन्दीमा परेको माओवादी यो प्रस्ताव गरेमा यो क्षेत्रबाट बढारिने अर्को खतरा छ । यी जिल्लाबाट एक सिट मात्र जितेको माओवादीको आगामी राजनीति समेत धरापमा पर्ने निश्चित् छ । एकमात्र विजयी सभाषद टोपबहादुर रायमाझि समेत टुक्राउने विरोधमा रहेका छन् । यो क्षेत्रमा ठुलो विद्रोह हुने र आफ्नै पार्टीका जनता र सभाषद पार्टी विरूद्धै लड्दा यो क्षेत्रमा माओवादीको भविष्य समेत खतरामा पर्ने हुँदा भारतीय इसारामा बनेको संशोधनको प्रस्तावमा प्रचण्डले बेलैमा बिचार पुर्याउँदा उनकै हितमा हुने स्थानीय माओबादी कै नेताहरुले स्वीकारेका छन ।

यसमा तपाईको प्रतिक्रिया