प्रधानमन्त्री प्रचण्डको लाज ढाक्न व्यस्त पुत्र प्रकाश, छोरोले ढाकेको लाजमा कति टिक्लान प्रचण्ड?

bauchhoroभारतीयको दबाबमा संविधान संशोधन गरी उनीहरुलाई नै नेपालको संवैधानिक निकायका मुख्य पदमा पुर्याउन कम्मर कस्सेर लागेका प्रधानमन्त्री प्रचण्डको चौतर्फी आलोचना हुन थालेको छ । अन्य पार्टी र सर्वसाधरणको कुरै छाडौं आफ्नै पार्टी भित्रबाट समेत चौतर्फी विरोध हुन थालेसँगै प्रधानमन्त्री प्रचण्डले यो हुँदै नभएको हल्ला भन्दै आफ्नो बचाउ गर्दै आइरहेका छन ।

संविधान संसोधनमा अंगिकृत नागरिकलाई पनि राष्ट्रप्रमुख र विभिन्न निकायमा नियुक्त गर्ने बाटो खोलिएको प्रमाण सहितका समाचार भाइरल बनेसँगै प्रचण्ड समस्यामा परेका हुन ।उक्त संशोधित मस्यौदामा सरकारले अंगिकृत नागरिकता लिएकालाई पनि १० वर्षपछि राष्ट्र प्रमुख, सरकार प्रमुखजस्ता संवैधानिक पदमा पुग्न योग्य हुने प्रावधान समेटिएको छ ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले पनि फेसबुकमा स्ट्याटस लेखेर यसको विरोध गरेका छन् । संविधान संसोधनको नकक्ली ड्राफ्ट सार्वजनिक गर्ने र त्यसको विरोध गर्ने दुवै काम एमालेको भएको हास्यस्पद् आरोप लगाएका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया