माओबादी केन्द्रिय कार्यालय कब्जामा लिने पुर्व लडाकु माथि लगाय प्रचन्डले प्रहरी, ८० जना लडाकु गिरफ्तार गरि प्रहरी हिरासतमा

काठमाडौं, २३ कात्तिक । विभिन्न माग राख्दै माओवादी केन्द्रको केन्द्रीय कार्यलयमा सोमबारदेखि धर्नामा बसेको पुुर्व माओवादी लडाकुलाई मंगलबार बिहान प्रहरीले हस्क्षेप गरेको छ । धर्नामा बसेका करिब ८० जना लडाकुलाई प्रहरीले गिराफ्तार गरि महेन्द्र पुलिस क्लवमा थुनेकाे छ ।

आफुहरुमाथि सरकारले लागएको अयोग्यको विल्ला हटाउनु पर्ने , आफुहरुलाई गणतन्त्र योद्धा घोषणा गरिनु पर्ने , पुर्व जनमुक्ति सेना सरहको समान व्यावहार आफुहरुलाई पनि गरिनु पर्ने लगाएतमा सात बुँदे माग राख्दै सोमबार दिउँसो देखि उनीहरु धर्नामा बसेका थिए । उनीहरु केन्द्रीय कार्यलयको मुल गेटमै ताला लगाएर पार्टीका नेताहरुलाई कार्यलय आवत –जावत नै बन्द गराएका थिए ।
उनीहरुले रातभर केन्द्रीय कार्यलयमा धर्ना दिएका थिए ।

धर्नामा बसेका बर्हिगमित जनमुक्ति सेना का उपाध्यक्ष प्रदिप कार्कीले भने , आफुहरुको मागमा माओवादीको नेताहरुले कुनै सुनुवाई नगरि एक्कसी प्रहरी आएर माइकिङ गरेर तुरुन्त हट्न भन्यो हामीले मानेनौ त्यस पछि हाम्रा साथीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया