प्रधानमन्त्रीले बोलाए हेडक्वारटर बैठक, पार्टी मुख्यालय कब्जाबारे छलफल हुने

mawadi-baithal4
काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारको कामकारबाही लगायतका विषयमा छलफल गर्न हेडक्वाटरको बैठक बोलाउनु भएको छ ।

लाजिम्पाटस्थित निवासमा अपरान्ह दुई बजेपछि बस्ने बैठकमा पार्टीभित्रको अन्तरिक बिबादका विषयमा पनि छलफल हुनेछ । स्रोतका अनुसार पार्टी अध्यक्ष समेत रहनु भएका दाहालले सल्लाह नै नगरेर काम गर्ने गरेको आरोप छ ।

बैठकमा संविधान संशोधन, दलहरूसँगको छलफल, बिहीबारदेखि सुरु हुन लागेको संसद बैठक लगायतका विषयमा समेत छलफल हुने बुझिएको छ ।

स्रोतका अनुसार अयोग्य पूर्व लडाकुहरूले विभिन्न माग राखेर पार्टी मुख्यालय कब्जा गरेका विषयमा समेत छलफल हुने एक नेताले बताए ।

 

यसमा तपाईको प्रतिक्रिया