पूर्व राजा ज्ञानेन्द्र शाह सिंगापुर हुदै भारत भ्रमणमा जाने ,भारतमा भारतीय उच्च अधिकृतहरुसँग भेटघाट गर्ने

himani-ra-raja
काठमाडौं, २४ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह आज सिंगापुर भ्रमणमा जाने भएका छन् ।

निजी भनिएको भ्रमण कति दिनको भन्ने कुनै तय भएको छैन । सिंगापुरबाट उनीँ भारततर्फ जाने कार्यक्रम रहेको छ । भारतमा रहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतका उच्च अधिकृतहरुसँग भेटघाट हुने कार्यक्रम रहेको बताइएको छ ।

उनको भ्रमणमा पूर्वयुवराज्ञी हिमानी शाह पनि सहभागी हुनेछिन् । हिमानी केही दिन अघि नै सिंगापुर पुगिसकेकी छिन् । पूर्वराजाका साथमा उनका स्वकीय सचिव सागर तिमल्सिना पनि रहने पूर्व राजाको सचिवालयले जनाएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया