अमेरिकी राष्ट्रपतीय निर्वाचन परिणामले संसार चकित, सारा नेपाली समेत दुखि बन्ने गरी हिलारी ले हार्नुका यस्ता छन् मुख्य कारणहरु

काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन डोनाल्ड ट्रम्पको विजयले संसार चकित परेको छ ।

विभिन्न सर्वेक्षण, मिडिया तथा विश्लेषकहरु हिलारीको पक्षमा हुँदा समेत ट्रम्पको अनपेक्षित विजयले विश्वलाई चकित पारेको हो ।

त्यसमा पनि अप्रवासीहरु सबैभन्दा बढी हिलारीको पक्षमा भएका कारण उनले जित्ने अनुमान गरिएको थियो । तर, यी सबै अनुमान र सर्वेक्षण विपरित नतिजा आयो । धेरैले सोच्दै-नसोचेका ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपति निर्वाचित भए । यो सँगै अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने हिलारीको सपना रोकियो ।

ट्रम्पको जितपछि अहिले विश्लेषक तथा मिडियाहरुले हिलारीको पराजयका कारण खोतल्न थालेका छन् ।

तीमध्ये केही प्रमुख कारणहरु यसप्रकार छन्ः

– पहिलो कारण त बराक ओबामा प्रशासनको दोष नै हो । ओबामाको पहिलो कार्यकालमा विदेशमन्त्री समेत भएकी हिलारीमाथि ओबामाका दुई कार्यकालमा अमेरिकामा खासै ठूलो परिवर्तन हुन नसकेको र ओबामा प्रशासनका कमजोरी उनको कार्यकालमा पनि दोहोरिन्छ अर्थात फेरि त्यस्तै हुन्छ भन्ने कुरा मतदातालाई लाग्यो ।

– दोस्रो कारणमा भन्ने गरिएको छ कि उनी विरामी थिइन् । उनको स्वास्थ्यको बारेमा धेरै कुरा लुकाइयो । ट्रम्पले यो मुद्दा उठाए । यसबाट जनमानसमा सन्देश गयो कि हिलारी जिम्मेवारी पूरा गर्न सक्षम छैनन् ।

– बराक ओबामा राष्ट्रपति हुँदा अमेरिकामा आर्थिक मन्दी थियो । भनिन्छ कि, उनले यसलाई ट्रयाकमा ल्याए । मतदातालाई लाग्यो कि, हिलारी फेरि राष्ट्रपति भए अमेरिकी अर्थव्यवस्थामा कुनै परिवर्तन हुँदैन ।

– यहुदी समुदाय अमेरिकी चुनाव अभियानमा महत्वपूर्ण हुन्छ । उनीहरु हिलारीका पक्षमा आएनन् ।

– हिलारी बन्दुक संस्कृतिविरुद्ध थिइन । हतियार बनाउने कम्पनीले पर्दा पछाडि बसेर हिलारीविरुद्ध काम गरे ।

– विदेश मन्त्रीका रुपमा हिलारीले निजी सर्वरबाट लाखौ इमेल प्रयोग गरिन । ट्रम्पले यसलाई मुद्धा बनाए । संघीय जाँच आयोग एफबीआईले छानविन गर्यो । छानविनबाट भोटिङ अगाडि हिलारीले सफाइ त पाइन, तर त्यतिन्जेल ढिला भैसकेको थियो । यसले हिलारीविरुद्ध माहौल बन्यो ।

 

यसमा तपाईको प्रतिक्रिया