दलाइ लामा संगको भेटले आफ्नै पार्टी बाट आलोचित भैरहेका देउवा पत्रकार संग आक्रोशित-“मलाइ सक्ने खेल खेल्नेलाई म पनि देखाइदिन्छु”

risaha-deuwaनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा दलाई लामाका प्रतिनिधिलाई नभेटेको स्पष्ट पारेका छन् ।
बुधबार भारत भ्रमणबाट स्वदेश फर्केका देउवाले त्रिभुवन विमास्थलमा पत्रकारसँग भने ‘दलाई लामाका कुनै पनि प्रतिनिधिसँग भेट गरेको छैन । हुँदै नभएको कुरामा मैले के जवाफ दिने?’
दलाई लामाका प्रतिनिधि भेट्नुभएको हो?’ पत्रकारले प्रश्न गरेपछि देउवा उत्तेजित हुँदै जवाफ दिएका थिए ।
‘गोवामा भएको कार्यक्रममा म मञ्चमा गएँ । फर्केर आएँ । कोहीसँग भेटघाट र गफगाफ भएन’, देउवाले भने, ‘मैले कोसँग कुरा गरेँ?’ नेपालका मिडियाले हुँदै नभएको कुरा लेखेको भन्दै देउवाले आक्रोश व्यक्त गरे। ‘हलभित्र कोको बसेका छन, मैले सोध्ने कुरा भएन। को को छन् मलाई के थाहा?’, देउवाले प्रश्न गरे, ‘मैले परिचय सोध्दै हिँड्ने कुरा पनि भएन। नेपालका मिडियाले हुँदै नभएको कुरा लेख्ने?’
भित्रैदेखि लखेट्ने हो भने म पनि देखाइदिन्छु’ भन्दै देउवा पत्रकारसामु आक्रोशित भए। नेपाल एक चीन नीतिबाट विचलित नहुने भन्दै देउवाले आफ्नो नीति नेपालले अक्षरशः पालना गरेको बताए ।
‘एक चीन नीतिविरुद्ध को जान सक्छ ? हामी हाम्रो नीतिमा प्रतिबद्ध छौँ’, देउवाले भने, ’मित्रराष्ट्रप्रतिको नीति हामी हुबहु अक्षरशः पालना गरेको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा मोदीले सबैले समेटेर लैजान सुझाव दिएको देउवाले बताए । सभापति देउवालाई स्वागत गर्न रक्षामन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री प्रकाशशरण महत र वन तथा भूसंरक्षणमन्त्री मन्त्री शंकर भण्डारी विमानस्थल पुगेका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया