कांग्रेसका कारण महाभियोगको मुद्धा सर्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले निर्णय नगरेका कारण लोकमान महाभियोगको मुद्धा पछाडि सारिएको बताएका छन् ।

काठमाडौंको नाचघरमा अनेरास्ववियु क्रान्तिकारीलाई सम्बोधन गर्दै उनले महाभियोग पारित गर्न दुई तिहाइ बहुमत आवश्यक रहेको र कांग्रेस विना दुई तिहाई नपुग्ने उनले बताए ।

कांग्रेसले लाेकमानलार्इ महाभियाेग लगाउन साथ  दिने उनले  विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रचण्डले संविधान संशोधन अन्तिम चरणमा पुगेको जानकारी दिए । संविधान संशोधनको लागि दुई तिहाई मत आवश्यक भएको भन्दै उनले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्ने आफ्नो चाहना रहेको बताए ।

यसमा तपाईको प्रतिक्रिया