अझै अर्को चुनाव जित्नुपर्छ ट्रम्पले, त्यसपछि मात्रै बन्नेछन् राष्ट्रपति, नतिजा उल्टिन सक्छ |

trap-amriki

एजेन्सी । अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । यससँगै ७० वर्षीय ट्रम्प अमेरिकी इतिहासमै सबैभन्दा वृद्ध राष्ट्रपति बन्दैछन् । यद्यपी उनी ह्वाइट हाउस पुग्नका लागि करिब दुई महिना कुर्ने मात्र होइन, अझै अर्को चुनाव पनि जित्नुपर्छ ।

आगामी डिसेम्बरमा हुने इलेक्टोरल कलेज भोटिङमा जित दर्ता गराएमा मात्र ट्रम्प ह्वाइट हाउस प्रवेशका लागि योग्य हुनेछन् । यद्यपी वर्तामान मत परिणाम हेर्दा ट्रम्पले इलेक्टोरल कलेज भोटिङमा पनि बाजी मार्ने लगभग तय छ ।

निर्वाचनबाट राष्ट्रपतिसँगै ३४ सिनेटर तथा ४२८ हाउस अफ रिप्रिजेन्टेटिभ्स सदस्य चुनिएका छन् । यसका अलावा ५ सय ३८ इलेक्टर्स पनि चयन भएका छन् । यसमा रिपब्लिन र डेमोक्रेटिक दुवै पार्टीका छन् । जनताबाट चुनिएका यीनै ५ सय ३८ इलेक्टर्सहरुको समूहलाई ‘इलेक्टोरल कलेज’ भनिन्छ ।

आगामी १९ डिसेम्बरका दिन इलेक्टोरल कलेजमा नयाँ राष्ट्रपतिका मतदान हुनेछ । त्यही चुनावको नतिजा नै अन्तिम मानिने छ ।

इलेक्टोरल कलेजबाट फरक नतिजा आउने सम्भावना पनि हुन्छ ?
हुनसक्छ । अहिले सार्वजनिक भएको नतिजा ‘पपुलर भोट’ यानिकी जनताको रोजाई अनुसारको हो । कुल ५३८ इलेक्टर्समध्ये २७० भन्दा बढी इलेक्टर्स रिपब्लिकन पार्टीबाट चुनिएकाले नै ट्रम्पले चुनाव जिते भनिएको हो । तर, मिडिया रिपोर्टहरुमा विश्वास गर्ने हो भने कतिपय रिपब्लिकन इलेक्टर्स नै ट्रम्पलाई मन पराउँदैनन् ।

इलेक्टोरल कलेजका प्राय: मतदाताले त पार्टी उम्मेद्वारलाई नै भोट गर्छन् । यद्यपी यहाँ क्रस भोटिङ पनि हुनसक्छ, जसले ट्रम्पलाई अफ्ठ्यारोमा पार्नसक्छ । यस्तो अवस्थामा पपुलर भोटका केही सिटमा फेरि मतदान गर्नुपर्ने पनि हुनसक्छ ।

यसअघि पनि भएको थियो पुन: मतदान
सन २००० मा जर्ज डब्ल्यू बुशले अहिले हिलारीले जस्तै पपुलर भोटिङमा आफ्ना प्रतिद्वन्द्वी अल गोरभन्दा कम भोट पाएका थिए । यद्यपी अन्तर अहिलेको जस्तो ठूलो भने थिएन । पछि इलेक्टोरल कलेजमा बुशले बाजी मारे, अनि राष्ट्रपति बने । अमेरिकी राष्ट्रपति चयनको अन्तिम अधिकार इलेक्टोरल कलेजमा नै हुन्छ । जसले पपुलर भोटको नतिजा प्रभावित पार्न पनि सक्छ ।

के हुन्छ जनवरीमा ?
जनवरी ६ का दिन अमेरिकन काँग्रेसको जोइन्ट सेशन बोलाइने छ । त्यसक्रममा इलेक्टोरल कलेजको भोट गणना हुनेछ । त्यसैदिन नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको औपचारिक घोषणा हुनेछ । नवनिर्वाचित राष्ट्रपतिले २० जनवरीको दिन शपथ लिनेछन्, अनिमात्रै ह्वाइट हाउसमा प्रवेश पाउनेछन् ।

 

यसमा तपाईको प्रतिक्रिया