प्रधानमन्त्री पुष्पकमल दाहालले बरोजगार युवाहरूलाई भत्ता दिने

dahal-chor
काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले बरोजगार युवाहरूलाई रोजगारी दिन नसके बेरोजगार भत्ता दिने तयारी गरेको बताएका छन् ।

उनले गरिबका लागि सरकार कार्यक्रमलाई रणनीतिक महत्वको कार्यक्रमसहित देशव्यापी बनाउँदै लैजाने बताउँदै युवाहरूलाई रोजगारी नभए बेरोजगार भत्ता दिने तयारी गरेको बताएका हुन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

‘जनता पेन्सन कार्यक्रमको तयारी गर्दैछौ, लोडसेडिङ अन्त्य गर्ने योजना अघि सारेका छौ’, उनले भने,‘ राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न उत्प्रेरित गर्ने र विकास खर्च बढाउने गरी काम गरिरहेका छौ । जनताका पक्षमा काम गरिरहेका छौ ।’

 

यसमा तपाईको प्रतिक्रिया