कांग्रेसको धारणा नआएपछि माओवादी अप्ठेरोमा, बैठक बस्दै

काठमाडौं, २५ कात्तिक । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्दको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास लाजिम्पाटमा बस्ने बैठकमा संविधान संशोधन, अख्तियार प्रमुख विरुद्धको महाअभियोग प्रस्ताव, पार्टी भित्रको आन्तरिक विवादका विषयमा छलफल हुनेछ ।

शुक्रबार बस्ने संसद बैठकमा महाअभियोगका विषयमा आधिकारीक धारणासहित पारित गराउन पहल गर्नुपर्ने तर सत्ताको साझेदार कांग्रेसकोे धारणा नआएकाले माओवादी केन्द्रलाई अप्ठ्यारोमा परेको छ । त्यस्तै संविधान संसोधनको प्रस्तावका विषयमा पनि छलफल हुनेछ ।

सरकारले यो महिनाभित्रै प्रस्ताव संसदमा लैजाने तयारी गरेकाले त्यसमा प्रधानमन्त्रीले पार्टी नेताहरुको धारणा माग गर्नेछन् । पार्टीभित्र देखिएको प्रधानमन्त्रीको असन्तुष्टि, कार्यविभाजनका विषयमा पनि छलफल हुनेछ ।

 

यसमा तपाईको प्रतिक्रिया