नेकपा (माओवादी क्रान्तिकारी) का राज्य समिति सदस्यसहित १५० माओवादी नेता एमालेमा प्रवेश

yamale-4

नवलपरासी, २५ कात्तिक । नेकपा (एमाले) प्रदेश नं. ४ ले पोखरालाई प्रादेशिक राजधानी बनाउने निर्णय गरेको छ ।

नवलपरासीको कावासोती–१५ थारु होमस्टे गाउँ अमलटारीमा भएको ४ नं प्रदेशको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोलिटब्युरो सदस्य तथा उक्त प्रदेशका प्रचार विभाग प्रमुख जगत् विश्वकर्माले सो जानकारी दिए ।

माओवादी नेता एमालेमा प्रवेश

nabalparasi-uml-7

यसैबीच, एमाले रजहर गाउँ कमिटीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी क्रान्तिकारी) का राज्य समिति सदस्यसहित १५० नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

राष्ट्रिय स्वाधीनता र जनजीविकाको सवालमा एमालेको विकल्प नभएको भन्दै आफूहरु एमाले प्रवेश गरेको क्रान्तिकारीका राज्य समिति सदस्य हरिप्रसाद न्यौपानेले बताए ।

 

यसमा तपाईको प्रतिक्रिया