संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सरकारलाई अन्तिम अल्टिमेटम दिने

कात्तीक  २५ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठवन्धनको बैठक आज बस्दैछ । बैठकमा संविधान संसोधन र सरकारलाई दिएको समर्थनका विष्यमा छलफल हुनेछ । संघीय समाजवादी फोरम नेपालको तिनकुनेस्थित पार्टी कार्यालयमा बैठक दिउँसो बोलाइएको छ । बैठकले कार्तिक मसान्तभित्र माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने मोर्चाका नेताहरुले बताएका छन् ।  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले भने जसरी संविधान संशोधन नभए आन्दोलनमा जाने तयारी गरेकाले त्यसमा छलफल हुने जानकारी दिनुभयो । बैठकमा अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोगका विषयमा पनि छलफल हुनेछ ।

यसमा तपाईको प्रतिक्रिया