कार्की विरुद्धको महाभियोगको कार्यसूचि भएको आजको संसद बैठक सर्‍यो

new-samsd
कात्तीक २५  व्यवस्थापिका–संसद्को आज बिहिबारका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको छ । संसद् सचिवालयले बुधबार सूचना प्रकाशित गरी यही कात्तिक २५ गतेका लागि निर्धारित बैठक स्थगन गरेको सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुए । संसद्को अर्काे बैठक यही कात्तिक २६ गते बिहान ११ बजे बस्नेछ । आजको संसद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो

यसमा तपाईको प्रतिक्रिया