पत्रकारलाई भित्तैमा पुर्याउने धम्कि दिने कांग्रेस सभापति ज्यु -फोटो आफै बोलेको छ झुट र सहि को बारेमा!

sange-deuba1भारतको ५ दिने भ्रमण सकेर बुधबार फर्केका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पड्किए ।
मिडियाहरुले झूठो समचार लेखेको दावी गर्दै उनले आफूलाई भित्तैमा पुर्याउनेलाई देखाइदिने समेत चेतावनी समेत दिए ।

तिब्बती पृथकतावादी नेता लोब्साङ साङ्गेसँग देउवाले भेटेको समाचार नेपाली सञ्चारमाध्यममा प्रकाशन भएको थियो । तर, सभापति देउवाको दावी विपरीत एउटै मञ्चमा तिब्बती पृथकतावदी नेता तथा दलाई लामाको समानान्तर सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गेसँगै नारिएर बसेको तस्बिर समेत फेला परेको छ ।

बुधवार विमानस्थलमा देउवाले दलाई लामाको भिडियो सम्बोधन पनि नदेखेको र लोब्साङ साङ्गेलाई पनि नदेखेको दावी प्रस्तुत गरेका थिए । कार्यक्रममा तिब्बती धर्मगुरु दलाई लामाको भिडियो सम्बोधन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा देउवाले नेपालका पूर्व प्रधानमन्त्री र कांग्रेस पार्टी सभापतिको हैसियतमा मुख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए भने तिब्बतको समानान्तर सरकारका प्रधानमन्त्री साङ्गेले विशेष वक्ताको रुपमा सम्बोधन गरेका थिए । सोही क्रममा देउवा र साङ्गेबीच अनौपचारिक कुराकानीसमेत भएको थियो ।
देउवा र साङ्गेबीचको अनौपचारिक भेटवार्तामा नेपालमा रहेका तिब्बती शरणार्थीलाई परिचयपत्रको ब्यवस्था गर्न समेत साङ्गेले आग्रह गरेका थिए । देउवाले साङ्गेको आग्रहलाई सकारात्मक रुपमा सम्बोधन गर्ने आश्वासन दिएको भारतीय स्रोतले जनाएको छ

 

यसमा तपाईको प्रतिक्रिया