तिब्बती पृथकतावादी नेता लोब्साङ साङ्गेसंग देउवाको साँठगाँठ समाचार संगै एमालेले खोल्यो मुख- “हामि कुनैपनि चीन बिरोधि गतिबिधि हुन दिदैनौ”

२५ कात्तिक । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाल एक चीन नीतिका पक्षमा रहेको बताएका छन् । ‘नेपाल–चीन हिमालयन फ्रेण्डसीप सोसाइटी’ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘चीनसँग नेपालको ऐतिहासिक कालदेखि राम्रो सम्बन्ध रहेको छ,’ नेम्वाङले भने, ‘यो सम्बन्धलाई नेपालले कायम राख्दै अघि बढ्नुपर्छ ।’
नेम्वाङले नेपाल एक चीन नीतिका पक्षमा रहेको पनि दाबी गरे । ‘हामी एक चाइना नीतिका पक्षमा छौँ,’ उनले भने, ‘हामी यहाँ कुनै पनि चीन विरोध गतिविधि हुन दिदैनौँ ।’
उनले दुई छिमेकी मुलुक चीन र भारतबाट नेपालले लाभ लिनु पर्नेमा पनि जोड दिए । ‘हामीले आर्थिक प्रगतिलाई सेयर गर्न सक्नुपर्छ,’ उनले भने, ‘हामी चीन र भारतको सेतु बन्न चाहन्छौँ, हाम्रो चाहना पनि त्यही हो ।’

यसमा तपाईको प्रतिक्रिया