विप्लव माओबादीका राष्ट्रिय युवा जनस्वयंसेवकले २७ गते देखि खोजि-खोजि भ्रष्ट्राचारीलाई जनकारबाही गर्ने

काठमाडौं- कात्तिक २५, राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्लले विहिबार संवाद डवलीमा आयोजित पत्रकार सम्मेलनमा कात्तिक २७ गतेदेखि देशभर भ्रष्टचारीहरुका आश्रय स्थल खोजी गरी भण्डाफोर अभियान चलाउने घोषणा गरेका छन् । yuwa

राष्टिय युवा जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्लका अनुसार खाद्य सम्प्रभुतालाई सुनिश्चित गर्न अखाद्य सामाग्री वितरण गर्ने, चर्को मुल्यमा विक्री गर्ने एवं कमिशनखोरहरुको भण्डारण खोजी गरेर सामाजिक कारवाही हुनेछ ।

नेकपा (माओवादी) को सहायक संगठन राष्ट्रिय युवा जन स्वयंसेवकको सम्पन्न केन्द्रीय समितिको बैठकले अभियान पूर्णतः जनताको सेवामा समर्पित रहने र अभियानमा काठमाडौं उपत्यका सफाइ गर्ने कार्यमा केन्द्रीत हुने जनाइएको छ ।

नेपाल र नेपाली जनताको अवस्था संकटग्रस्त बन्दै गइरहेकोले भ्रष्टाचारीहरुका आश्रयस्थल पत्ता लगाई सार्वजनिक र भण्डाफोर गर्ने, राष्ट्रघात र जनविरोधि प्रत्येक क्रियाकलापको भण्डाफोर गर्ने, जस्ताकार्य हाम्रो अभियानको मूख्य उद्देश्य हो,’ मल्लद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।

सामाजिक र साँस्कृतिक मुल्य मान्यता धाराशायी बन्दै गइरहेका बेला छन् । ‘वेरोजगारीका कारण हजारौं युवाहरु दैनिक रुपमा विदेशिन बाध्य भइरहेका छन् । महंगीले आकाश छुँदै गएको छ,’ ‘यसरी देश र जनताको भविष्य अन्यौलता तिर धकेलिदैछ ।

त्यसकारण हामी जनविरोधि कदमको भण्डाफोर सहित कार्यक्रम अगाडि बढाउदैै बहुसंख्यक जनताको पक्षमा काम गर्ने बताएका छन् । सो प्रमुख अतिथि झक ब. मल्ल र अतिथिमा राष्ट्रिय युवा जनस्वयम् सेवक  केन्द्रीय सचिव किरण केशव लगायतको उपस्थिति  थियो । काठमाडौं जिल्ला युवा  उपाध्यक्ष सुर्य भुजेलले बताएका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया