आफु चारैतिर बाट घेराउमा परेको उद्घोष पछी उच्च नेताहरु संग छलफलमा व्यस्त प्रधानमन्त्री, सिंहदरबारमा प्रचण्ड-ओली वार्ता शुरु

काठमाडौं, २५ कात्तिक–प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । सिंहदरवार स्थिति सभामुखको कार्यकक्षमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता सुरु भएको हो ।

kp_prachanda2
संविधान कार्यान्वयन, संविधान संशोधन र स्थानीय निकायको निर्वाचनका विषयमा दुई नेताबीच छलफल केन्द्रित हुने स्रोतले वताएको छ । बिहानै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया