सुजाताको स्तन क्यान्सर, प्रचण्डलाई तनाव: देउवाको आदेशमा ५० लाख दिलाउन गृहमन्त्री निधिको दवाब!

काठमाडौं । गरिब जनता उपचार खर्चको अभावमा अकालमा ज्यान गुमाइरहँदा कांग्रेस नेतृ सुजाता कोइरालाको उपचार खर्च वापत ५० लाख रुपैंया निकासा गर्न सरकारले तयारी थालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा  गृहमन्त्री बिमलेन्द्र निधिले यो तयारी थालिरहेका हुन । केही दिन अगाडि सिंगापुरबाट क्यान्सर रोग प्रमणित भएसँगै स्वदेश फर्किएकी  नेत्री सुजता कोइरालाई उपचारका लागि ५० लाख जसरी भएपनि दिलाउन गृहमन्त्री निधीले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् । कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको छ । उनको उपचारका लागि एक करोड रुपैयाँ दिइनुपर्ने र त्यसो गर्न नसके ५० लाख भए पनि दिनैपर्ने भन्दै देउवा र निधीले प्रधानमन्त्री प्रचण्डलाई दबाव दिएका हुन् ।

यता यहि सरकारमा सामेल  स्वास्थ्यमन्त्री गगन थापा भने भीभीआइपीलाई १० लाख रुपैयाँ भन्दा बढी दिन नमिल्ने नीतिगत व्यवस्थाको तयारीमा लागिरहँदा गृहमन्त्रीले यस्तो दबाब सुरु गरेका हुन । 

यसमा तपाईको प्रतिक्रिया