प्रचण्ड सरकार द्वारा मधेश आन्दोलन का ७४ मुद्दा प्रचलित कानुन अनुसार मुद्दा नचल्ने गरि फिर्ता

काठमाडौँ, २५ कात्तिक । सरकारले तराई-मधेस र थरुहट आन्दोलनका क्रममा लागेका जम्मा २०८ मुद्दामध्ये ७४ मुद्दा प्रचलित कानुनबमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको जनाएको छ ।

यसबाहेक २२ मुद्दामा पूर्णसफाइ भइसकेको र पाँच मुद्दामा प्रचलित कानुनबमोजिम कागज मात्र गराई छोडिएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै १३ मुद्दाको फछ्र्यौट भएको र बाँकी ९४ मुद्दा फछ्र्यौट सम्बन्धमा आवश्यक कारबाही भइरहेको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

home-statement

 

यसमा तपाईको प्रतिक्रिया