फेरी आयो दुखको खबर :सिङ्गल इञ्जिनको मकालु एयरको विमान दुर्घटना

durghatana-pi

फाइल फोटो

काठमाडौं, २६ कात्तिक । हुम्ला जिल्लाको सिमीकोटमा मकालु एयरको विमान अवतर गर्ने क्रममा दुर्घटनामा परेको छ ।

अवतरण गर्ने बेला आज बिहान विमानको पाङ्ग्रा पञ्चर भएर दुर्घटना भएको स्रोतले जनाएको छ । मकालु एयर दुर्घटना भए पनि मानवीय क्षति भएको छैन । विमानमा दुई जना मात्रै थिए ।

सुर्खेतबाट समान लिएर हुम्ला पुगेको मकालु एयरको विमान अवरतणका क्रममा बिहान करीव ८ बजे दुर्घटनामा परेको बताइएको छ । स्रोतका अनुसार मकालु एयरको यो विमान सिङ्गल इञ्जिनको हो ।

 

यसमा तपाईको प्रतिक्रिया