मधेसी मोर्चाले आज प्रधानमन्त्री विरुद्ध संसद बहिष्कार गर्ने

काठमाडौं २६ कार्तिक । संविधान संशोधनका लागि मधेसी मोर्चासहितको संघीय गठबन्धनले आजबाट दवाव अभियान सुरु गर्दैछ । सडक छाडेर मोर्चा सदनमा दवाव अभियान सञ्चालन गर्न लागेको छ । आज मोर्चाले संसद बैठक बहिष्कार गर्ने तयारी गरेको छ । अहिलेसम्म उसले सडकबाट दबाब दिँदै आएको थियो।

सरकारले सडकको आवाज नसुनेपछि मोर्चाले संसद्लाई पनि प्रयोग गरेर दबाब दिने रणनीति बनाएको हो। सरकारलाई दबाब दिन संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे संघीय गठबन्धनमा आबद्ध दलहरूको संसदीय दलको संयुक्त बैठकबिहान बस्दै छ। संसद् बैठक पनि शुक्रबारका लागि डाकिएको छ। गठबन्धन संसदीय दलको बैठकमा ४३ सांसद सहभागी हुनेछन्। संघीय गठबन्धनमा आबद्ध २९ दलमध्ये ९ दलको प्रतिनिधित्व ससंद्मा छ।

राजधानीको तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा हिजो बसेको गठबन्धन बैठकले कात्तिक मसान्तभित्र सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता नगरे पुनः आन्दोलनमा उत्रने निर्णय गरेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया