देउवाको प्रस्ताव ओलीले ठाडै अस्वीकार गरे, एमाले हेडक्वाटरबाट निराश हुँदै बाहिरिए देउवा

oli-deuwa-7

काठमाडौं, २६ कात्तिक । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

शुक्रबार अपराह्न एमाले संसदीय दलको कार्यालय पुगेर देउवाले ओलीसमक्ष मधेसवादी दलहरुको माग सम्बोधनका लागि संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेका थिए । तर, ओलीले किन र के का लागि भन्दै अस्वीकार गरे ।

एमालेका एक नेताका अनुसार सभापति देउवाले अध्यक्ष ओलीसँग आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्नेगरी संविधान संशोधन गर्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव ओलीले अस्वीकार गरेपछि संविधान संसोधनको तयारीमा रहेको सरकार असफल हुने देखिएको छ ।

भेटपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले संविधान संशोधन लगायत विषयमा छलफल भएको बताए ।

ओलीले प्रस्ताव अस्वीकार गर्दा असन्तुष्ट देखिएका देउवा एमाले हेडक्वार्टरबाट निराश हुँदै बाहिरिएका थिए ।

यसअघि विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीलाई भेटेर संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेका थिए । तर, ओलीले कसका लागि गर्ने भन्दै स्पष्ट जवाफ नपाएपछि अस्वीकार गरेका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया